बजेटले विद्यालय कर्मचारीलाई विभेद गरेको भन्दै आन्दोलन गर्ने चेतवनी



काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति बजेटले विभेद गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ । विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति कुनै पनि नयाँ कार्यक्रममा नसमेटिएका कारण आपत्ति जनाएको हो ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दे परिषद्ले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा नेपाल विद्यालय कर्मचारी परिषद्को ध्यानाकर्षण भएको र विद्यालय कर्मचारीहरु प्रति विभेद गरिएको भन्दै आपत्ति जनाएको छ ।

नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौताको कुनै औचित्य नरहेको र विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति कुनै पनि नयाँ कार्यक्रम नसमेटिनुले पटक पटक गरिएको ध्यानाकार्षण पत्रको कुनै औचित्य नरहनु प्रति गम्भीर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विषम् परिस्थितिमा तुरुन्तै गम्भीर छलफल गरी निकास निकाल्नका लागि नेपाल सरकारलाई आग्रह गरको छ । तत्काल कुनै निकास नआएमा नेपाल विद्यालय कर्मचारी परिषद्ले कडा आन्दोलन गर्न बाध्य हुने चेतवनी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार