
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्ना निकट प्रतिस्पर्धीको तुलनामा झन्डै सात हजार मतको अग्रता लिएकी छन्।
यहाँ अहिलेसम्म ८३ हजार १ सय ११ मतगणना पूरा भएको छ। त्यसमध्ये दाहालले ३२ हजार ५ सय १९ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५ सय ८० मत ल्याएका छन्।
सुवेदीको तुलनामा दाहाल ६ हजार ९ सय ३९ मतले अगाडि छिन्। भुइँकटहर चुनाव चिह्न भएका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २ सय ९६ मत ल्याएका छन्।
प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार