भरतपुरमा रेनुको ६६६६ मतको अग्रता



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । शनिबार राति ८ बजेको मतपरिणामअनुसार उनले अर्का उम्मेदवार एमालेका विजय सुवेदीसँग ६६६६ मतको अग्रता बनाएकी छन् ।

कुल ८१,१०९ गणना सकिँदा दाहालले ३१,६७६ मत पाएकी छन् भने सुवेदीले २५,०१० मत पाएकी छन् । यस्तै काँग्रेसबाट टिकट नपाएपछि गठबन्धनको बागी भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार मत कटाएका छन् । उनले ११ हजार ९६ मत पाएका हुन् ।

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३४,०८६ मत पाउँदै अग्रता फराकिलो पारेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १९,४९५ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार