काठमाडौं महानगरमा ९७ हजार ५४८ मत गन्दा बालेन १६,२३६ मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकामा हालसम्म ९७ हजार ५४८ मत गणना भएको छ । जसक्रमममा स्वतन्त्र तर्फका मेयरका उम्मेदवार बालेन साह अगाडि रहेका छन् । उनले हालसम्म ३५७५१ मत पाएका छन् ।

त्यस्तै गरी उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १९५१५ मत पाएका छन् । बालेन र स्थापितको मतान्तर १६,२३६ रहेको छ । उता गठबन्धनकी साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना सिंहले १९४५८ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार