भरतपुरमा रेनुको फराकिलो अग्रता, विजय ५ हजार मतले पछि परे



चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो बन्दै गएको छ। ६९६१२ मतगणना गर्दा रेनु दाहालले २७०७८ मत पाएकी छन् ।

उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी छन्। सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार