
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम अनुसार हालसम्म ६७१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
जसमध्ये सत्तारूढ दल नेपाली कांग्रेसले सर्वाधिक ३०० पालिकामा प्रमुख पद जितेको छ । यस्तै नेकपा एमालेले १८३ पालिकामा प्रमुख पद जितेर दोश्रो स्थानमा छ भने माओवादी केन्द्र १ सय १६ प्रमुख पद जितेर तेस्रो स्थानमा छ ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रले १ सय ६ पालिकामा प्रमुख/अध्यक्ष र १ सय ११ पालिका उपप्रमुख जितेको थियो। यसपटक उसले यो संख्या कटाइसकेको छ। यसपटक उसले १ सय १६ पालिकामा प्रमुख/अध्यक्ष जितिसकेको छ भने १ सय २२ पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ।
हेर्नुहोस् माओवादी केन्द्रले जितेका ११६ पालिकाहरू
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार