स्थापित र बालेनको मतान्तर १३,५२९, बालेनले कटाए २९ हजार मत



काठमाडौं । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम गर्ने क्रममा २९ हजार भोट कटाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले २९ हजार ६ सय ७९ मत पाएर प्राप्त गरेका छन् । ८० हजार ९६ मतगणना भइसक्दा उनले २९ हजार मत कटाएका हुन् । त्यस्तैगरी नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले १६ हजार एक सय ५० मत पाएका छन् ।

यो बालेन र स्थापितको १३,५२९ को मतान्तर हो । त्यस्तैगरी काँग्रेसकी सिर्जना सिंहले १५ हजार दुई सय ६२ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार