यस्तो छ भरतपुरको पछिल्लो मत, रेनुको अग्रता कायमै



चितवन । चितवनको भरतपुर महानगरपालिकामा झन्डै ६१ हजार मत गणना भएको छ । शुक्रबार साँझसम्म ६० हजार ९ सय २५ मत गनिसक्दा मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३४३२ मतको अग्रता लिएकी छन् ।

उनले २३ हजार १५४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १९ हजार ७२२ मत ल्याएका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५१३ मत पाएका छन् ।

उपमेयमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले २५ हजार ३९२ मत पाएका छन् भने एमालेको समर्थन रहेकी राप्रपाकी हिमला गुरूङले १५ हजार ५३८ मत ल्याएकी छन् । मतगणना जारी छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार