भरतपुरमा रेणु दाहाल विजय सुवेदीभन्दा ३३२५ मतले अगाडि, यस्तो छ पछिल्लो मत परिणाम



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

हालसम्म गणना भएको ४७,५११ मतमध्ये रेनुले १७,९७२ मतसहित अग्रता कायमै राखेकी छन् । उनलाई एमाले गठबन्धनका विजय सुवेदीले १४,६४७ मत ल्याएर पछ्याइरेहका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,२२३ मत पाएका छन्। यस्तै उपिमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले २०,५२१ मतसहित अग्रता बढाउँदै लगेका छन् ।

उनलाई राप्रपाका हिमला गुरूङले ले ११,६७३ मत ल्याएर पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार