काठमाडौं । राप्रपाले झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षा दुवैमा जित निकालेकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिकासमेत रहेको हल्दिबारीको अध्यक्षमा एमाले उम्मेदवारलाई हराउदै राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका हुन् ।
उनले ६ हजार ८५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरेका थिए । त्यस्तै हल्दिबारीको उपाध्यक्ष पनि राप्रपाले नै जितेको छ । एमालेकी शान्तिदेवी गौतमलाई पराजित गर्दै उपाध्यक्षमा राप्रपाका लक्ष्मी मैनाली विजयी भएका हुन् । मैनालीले ५ हजार ७८ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तिदेवी गौतमले ४ हजार १६ मत प्राप्त गरिन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार





