बागमतीमा गठबन्धन विजय नजिक, यस्ताे छ पछिल्लाे अपडेट



ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । ८४७२ मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन ४४५५ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेका नवराज सञ्जेल ३४८२ मतसहित गठबन्धनका उम्मेदवार लोप्चनलाई पछ्याईरहेका छन् ।

यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भक्तबहादुर दर्लामी (निसान) मगर ४२३० मतसहित अगाडि छन् । एमालेकी नमुना दोङ ३१५३ मतसहित दोस्रो स्थानमा छिन् । हालसम्म अन्तिम परिणाम आएका ६ वटै वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

यस गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस बीच गठबन्धन छ । कुल मतदाता संख्या १२,३२८ रहेको यस पालिकामा ९,५११ मत खसेको थियो । अब वडा नम्बर ७ काे १०३९ मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार