
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार ६०५ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ५ हजार १०४ मत मात्रै प्राप्त गरेका छन् । बालेनको स्थापितसंग ४ हजार ५०१ मतान्तर रहेको छ ।
त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४८३ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार