भरतपुर महानगर : रेणु दाहाल विजय सुवेदीभन्दा १० मतले अगाडि



चितवन । भरतपुर महानगरपालिका प्रमुख (मेयर) मा नेकपा एमालेका विजय सुवेदी रपाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालबचि कडा प्रतिस्पर्धा देखिएको छ । कहिले रेणु त कहिले विजय सुवेदी मतगणना अघि पछि रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार दश मतले रेणु दाहाल अगाडि रहेकी छन् । १५१३१ मत गणना हुँदा दाहालले ५०६६ र सुवेदीले ५०५६ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३७९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायम रहेको छ । उनले ६०८३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ४०६९ मत पाएकी छन् । महानगरको वडा अध्यक्षतर्फ एमालेका भानुभक्त सापकोटाले ९२७ र कांग्रेसका अर्पण पोखरेलले १४३४ मत पाएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार