भरतपुरमा १० हजार भोट गन्दा रेनु ३ मतले अगाडि



चितवन । भरतपुर महानगरपालिकामा १०२०६ मत गणना गर्दा गठबन्धनकी रेनु दाहालले ३५७८ मत पाएकी छन् । यसअघि झिनो मतले एमालेका विजय सुवेदीभन्दा पछाडि परेकी उनी अहिले अघि लागेकी हुन् ।

विजयले ३५७५ मत ल्याएका छन्। यस्तै, स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ४०४३ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले २८१६ मत ल्याएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार