ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसक्दा पनि गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको हो । वडा नं. २ माल्टामा गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका राम बहादुर ब्लोन विजयी भएका छन् । ब्लोन नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । ८९८ मत ल्याएर ब्लोन विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सोम बहादुर सिंगारले २९२ मत ल्याए । यस्तै वडा सदस्यमा पनि गठबन्धनको प्यानल नै विजयी भएको छ ।
बागमती गाउँपालिकामा २४८९ मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन १४४२ मतसहित अग्रस्थानमा छन् । यस्तै नेकपा एमालेका नवराज सञ्जेल ८८४ मतसहित दोस्रो स्थानमा छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भक्तबहादुर दर्लामी मगर १४६१ मतसहित अगाडि छन् । एमालेकी नमुना दोङ ७१७ मतसहित दोस्रो स्थानमा छिन् । यस गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस बीच गठबन्धन छ । कुल मतदाता संख्या १२,३२८ रहेको यस पालिकामा ९,५११ मत खसेको थियो ।





