रेनु दाहालले लम्व्याइन् मतान्तर, विजय सुवेदी करिब एकसय मतले पछि परे



चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले १ सय ९ मतले अग्रता लिएकी छन्। भरतपुरमा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ८० मत ल्याएकी छन्।

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले ८ सय ७१ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय २६ मत ल्याएका छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार