बागमती गाउँपालिकाकाे उपाध्यक्षमा निसानकाे पल्ला भारी



ललितपुर । अहिले देशव्यापीरुपमा स्थानीय निर्वाचनले माहोल तातेको छ । मनोनयन दर्ता सकिएसँगै चुनावी सरगर्मीले सत्ता गठबन्धन र विपक्षी दल दुबैलाई तताएको छ । बागमती गाउँपालिकाको चुनावी दौडमा गठबन्धनबाट अध्यक्षमा कांग्रेसका विर बहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रबाट भक्तबहादुर दर्लामी (निसान) छन् ।

जनयुद्ध कालमा भूमिगत राजनीतिमा सक्रिय निसान यतिबेला उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । तत्कालिन माओवादीको भातृसंगठन वाइसियलमा समेत काम गरिसकेका निसान बागमतीमा चिरपरिचित अनुहार हुन् । स्थानीय कार्यकर्तामाझ प्रीय पात्रको छवी बनाएका निसान विपक्षीले समेत प्रसंसा गर्ने पात्र हुन् ।

बागमतीको उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निसानको पल्लाभारी हुने चर्चा छ । माओवादी, कांग्रेस र एमालेका सचेत कार्यकर्ता समेत उपाध्यक्षमा निसानको सम्भावना बलियो रहेको तर्क गर्छन् । तत्कालीन नेकपामा हुँदा उनको सक्रियता र अहिले गठबन्धनमा हुँदा उनले निभाएको भूमिका नै उनले जित्ने आधार भएको माओवादीका कार्यकर्ताहरुको भनाई छ ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार