ललितपुर महानगरका मेयर उम्मेदवार चिरीबाबु महर्जनविरूद्ध उजुरी



ललितपुर । ललितपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट उम्मेदवार रहेका चिरीबाबु महर्जनविरूद्ध उजुरी परेको छ। उनीविरूद्ध उजुरी परेको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको हो। निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो । ‘बेरूजुसम्बन्धी उजुरी परेको छ,’ मुख्य निर्वाचन अधिकृत शिवाकोटीले भने, ‘त्यसको अध्ययन भोलिमात्रै गर्छौं।’

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिताको परिच्छेद ९ को धारामा ४७ मा बेरूजु फर्छ्यौट गर्नुपर्ने उल्लेख छ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार