बागमती प्रदेशमा आवश्यकता हेरेर वडासम्मै तालमेल गर्ने गठबन्धनको निर्णय



काठमाडौं । बागमती प्रदेशमा स्थानीय निर्वाचनको लागि सत्ता साझेदार ५ दलीय गठबन्धन सहमतिमा पुगेको छ । प्रदेशका ११९ पालिका र एक हजार १२१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए।

आइतबार र सोमबार दुई दिन काठमाडौँमा बसेको बैठकमा प्रदेशका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रमुखहरुको उपस्थिति थियो ।

गठबन्धन आवद्ध दलले आ–आफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । जिल्लामा साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार