शिक्षकको सेवा सुविधा निजामती कर्मचारी सरह बनाउन लागिपरेको छु : शिक्षामन्त्री पौडेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकको सेवा सुविधा निजामती कर्मचारी सर बनाउन लागिपरिरहेको बताएका छन् ।

मंगलबार सार्वजनिक विद्यालय सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरिक्रयामा उपत्यकाका शिक्षा, विकाश तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् । ‘अब शिक्षकको र निजामती कर्मचारीको व्यवस्था एउटै किसिमको बनाउने गरी काम अगाडि बढ्दैछ’ शिक्षामन्त्र िपौडेलले भने ।

त्यसैगरी शिक्षामा चाहेको कामगर्न बजेटको कमी नहुने बताउँदै शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरुको भएको र सामुदायिक विद्यालय सर्धान सामूहिक संकल्पको आवश्यक रहेको बताए ।

‘राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुधार्नतिर रहेको छ’, मन्त्रीपौडेलले भने, शिक्षामा सुधारकालागि सरोकारवाला पक्षहरु पनि प्रयासरत रहनुपर्ने र शिक्षकले कतव्र्य भूल्न नहुनेमा जोड दिए ।

अन्तरक्रियामा सहभागीहरुले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्सः विद्यार्थी संख्याको आधारमा एक नर्सबाट गाह्रो भएकोले विद्यार्थी संख्याका आधारमा हुनुपर्ने, दरबन्दी मिलानको नाममा पालिकालाई तरबार तेस्राएको लगायतका विषय राखेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार