काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगले विज्ञापन गरेका शिक्षकहरुको स्थानीय तहगत विवरण पठाउन निर्देशन दिएको छ । सात दिन भित्र शिक्षक सेवा आयोगले विज्ञापन गरेका शिक्षकहरुको स्थानीय तहगत विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।
प्रत्येक जिल्लाबाट पठाएको २०७८ चैत्र मसान्त सम्मको रिक्त दरबन्दी विवरण विज्ञापनको लागि शिक्षक सेवा आयोगमा पठाइसकिएको जानकारी दिदै सोही आधारमा आयोगले विज्ञापन गरिसकेको र उक्त दरबन्दीमा केही समय पश्चात स्थायी शिक्षकहरुको पदस्थापना हुने भएकोले ति रदबन्दीको तहगत विवरण (यस अघि आयोगमा विज्ञापनका लागि पठाइएको तहगत दरबन्दीमा फरक नपर्ने गरी)सात दिन भित्र केन्द्रमा आइपुग्ने गरी पठाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार





