सिंह,धानुक र पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस



काठमाडौं । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिए।

स्रोतका अनुसार सिंह, धानुक र पन्तलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो । फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार