मैले ०५६ सालमा गरेको भविष्यवाणी मिल्याे,माओवादी केन्द्र अब केही दिनमा सकिन्छ : ओली



झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा समाप्त हुने दाबी गरेका छन् । उनले आफूले २०५६ सालमै माओवादी समाप्त हुन्छ भनेको स्मरण गराउँदै अब त्यो दिन आएको दाबी गरेका हुन् ।

शनिबार गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर, अब त्यो दिन आयो । अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार