प्रहरीमा थपिएको नयाँ तीन पदमा बढुवाको तयारी



काठमाडौं । नेपाल प्रहरीको नयाँ तीन पदमा बढुवाका लागि तयारी थालिएको छ । प्रहरीमा हालै थपिएको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पदमा बढुवा गर्न लागिएको हो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार २०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक पदमा बढुवा भई कार्यालयरमातहतमा कार्यरत रहेका प्रहरी नायब निरीक्षकहरुको वरिष्ठ नायब निरीक्षकमा बढुवा हुन लागेको हो ।

यस्तै, २०७१ देखि २०७४ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी हवल्दार पदमा बढुवा भई कार्यालयरमातहतमा कार्यरत रहेका प्रहरी हवल्दारहरुको वरिष्ठ हवल्दार र २०६४ देखि १५ असोज २०७० सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नियुक्ति भई कार्यालय/मातहतमा कार्यरत रहेका प्रहरी जवानहरुको सहायक हवल्दारमा बढुवा हुने भएको छ ।

विभागले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २९ बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन नपाउने अवस्थामा रहेको भए सोको विवरण सहित खुलाई पठाउन मातहतको शाखामा पठाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार