प्रहरीका १८ एसपीहरूको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]



काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ । आइतवार प्रधान कार्यालयले उनीहरूको सरुवा गरेको हो ।

को–को कहाँ ?
प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा कार्यरत एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाडौं पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा सरुवा गरेको छ ।

यस्तै बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी केदार खनाललाई जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाडौं पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखाका गंगा पन्तलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा पठाइएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार