सशस्त्र प्रहरीको ओ एन्ड एम स्वीकृत, दुई डीआईजी सहित १ सय १२ दरबन्दी थप



काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ ।सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी सरकारले पद समायोजन गरेको हो । पद समायोजनका क्रममा १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेल नेतृत्वको पाँच सदस्यीय संगठन तथा सर्वेक्षण व्यवस्थापन समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्को बिहीबारको बैठकले पद समायोजन गरेको हो । समितिमा सशस्त्र प्रहरीको तर्फबाट डीआईजी राजु अर्याल सदस्य थिए ।

स्रोतका अनुसार स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ एक(एकवटा डीआईजीको दरबन्दी थप भएको हो । थप भएको दरबन्दीमा स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा। रूपक महर्जन बढुृवा हुनेछन् ।यसैगरी, इन्जिनियरिङ तथा सञ्चारतर्फ थप भएको डीआईजी पदमा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप थापा बढुवा हुनेछन् ।

पद समायोजनका क्रममा स्वास्थ्यतर्फ दुई एसपी र २२ सईको दरबन्दी थप गरिएको छ । यसैगरी, साधारण समूह कानुन उपसमूहअन्तर्गत एउटा एसएसपीको दरबन्दी थप गरिएको छ । कानुन उपसमूहको एसएसपीको स्वाभाविक दाबेदार एसपी युवराज अर्याल रहेका छन् । उनीसँगै सिसं २ का इन्सपेक्टर अहिले कामु एसएसपी भइसकेका छन् ।

यसैगरी, सरकारले साधारण समूह लेखा उपसमूहतर्फ १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरेको छ । लेखातर्फ राजकुमार ढकाल, गणेशबहादुर मल्ल, करबहादुर घर्ती, महेन्द्र हमाल, रमेश थापा, खुसबहादुर श्रेष्ठ, उर्मिला थापा, सुदनराज गिरी, तारा केसी, शोभाकान्त ढकाल, उमाकान्त जोशीलगायत डीएसपी हुनेछन् । राजधानी

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार