बतासलाई पशुपतिमा हाेटेल चलाउन रोक नलगाउन उच्च अदालत पाटनको अन्तरिम आदेश



काठमाडौं । उच्च अदालत पाटनले बतास ग्रुपलाई पशुपतिको धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बतास ग्रुपलाई धर्मशाला सञ्चालन गर्न रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको टुंगो नलाग्दासम्म मिति २०७६/०१/३० को करार सम्झौताबमोजिम हाटेल आनन्द प्रा.लि.को सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नू, नगराउनु भनी विपक्षीहरुको नाउँमा अल्पकालीन आदेशसमेत जारी गरिदिएको छ ।’

इजलासले फागुन ९ गते अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । साथै, अन्तरिम आदेश टुंगो नलाग्दासम्म बतास समूहलाई यसअघिको सम्झौताबमोजिम कामकारबाहीमा बाधा अड्चन नगर्न पनि आदेश दिइएको छ ।

यसअघि धर्मशाला सञ्चालनबारे अनगुमन पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘धर्मशाला त फाइभ स्टार हैन सेभेन स्टार होटेल बनाएछन्’ भन्दै होटेल सञ्चालन गर्न अनुमति पाएको बतास ग्रुपको इजाजत खारेज गरिदिएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार