सम्झौता कार्यन्वयन नभए सडक आन्दोलन गर्ने राहत शिक्षकको चेतावनी



काठमाडौं । नेपाल राहत शिक्षक केन्द्रिय समितिले सरकारसंग भएको सम्झौता तत्काल कार्यन्वयन गर्न माग गरेको छ । समितिले संघर्ष र आन्दोलनको बलमा नेपाल शिक्षक महासंघको रोहबरमा शिक्षा मन्त्रालयसंग २ पटक सम्म सम्झौता कार्यन्वयमा नभए सडक संघर्षमा उत्रने चेतावनि दिएको हो ।

समितिले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय विच अब बन्ने संघीय शिक्षा ऐन मार्फत सम्बोधन गर्नुपर्ने शैक्षिक मुद्दाहरुको विषयमा निणरयक बार्ता चलिरहेको र कार्यदलमा सहमति भएर औपचारीक रुपमा महासंघ र शिक्षा मन्त्रालय विच हस्ताक्षर हुने तयारी रहेकोले आफ्ना मागहरुलाई वेवास्ता गर्दै सम्झौता भए सडक आन्दोलनमा उत्रने जनाएको छ ।

राहत शिक्षकहरुले उठाएका जायज मागहरुलाई नियोजित ढंगले सम्बोधन नगर्ने गरी मन्त्रालयले तयारी गरिरहेको र सम्झैता अनुसार मागहरुलाई यो वा त्यो बाहानामा पछि सार्ने काम भएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गरी सम्झौता अनुसार सहमति कायम गर्न समितिले चेतावनि दिएको छ ।

यस अघि भएको सम्झौताको बुँदा नं। ८ अनुसार सहमति कार्यन्वया नभए आक्रमक ढंगले सडकमा उत्रने र सो कार्यमा प्रश्रय दिने शैक्षिक माफिया व्याक्ति वा संस्था प्रतिकुल हुने गरि जस्तोसुकै कदम चाल्ने पनि समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार