घर बिदामा आएकाे समयमा मृत्यु भएका प्रहरी जवानकाे परिवारलाई ब्याचीहरुको सहयोग



काठमाडौं । पर्सामा घर बिदामा आएका समयमा मृत्यु भएका प्रहरी जवान रिपुकुमार गिरीका परिवारलाई उनकै ब्याचीले आर्थिक सहयोग गरेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा १५ माघमा मृत्यु भएको थियो ।

मध्य क्षेत्रिय तालिम केन्द्र भरतपुरको १९१ टोलीका ब्याचीहरुले बिहीबार जम्मा गरेको ७० हजार ६ सय ६५ रुपैयाँ मृत्तक गिरीका आमाबुवालाई हस्तानान्तरण गरेका हुन् । टोलीका सदस्यहरु मृत्तक गिरीको घरमै पुगेर उनका आमाबुवालाई रकम हस्तानान्तरण गरेका हुन् ।

मृत्तक गिरी बिदामा घर आएका समयमा घटना भएको थियो । उनी इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भई प्रहरी चौकी कचोवा बारामा कार्यरत थिए । मृत्तक गिरी १ असार २०६९ मा प्रहरी सेवा प्रवेश गरेका जवान थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार