अब अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई



काठमाडौं । गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सोमवार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना,२०७८ मा अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिने उल्लेख गरिएको छ ।

कार्ययोजना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो । आकस्मिक सुरक्षाका लागि यी तीन वटै विमानस्थलमा सशस्त्र प्रहरी तैनाथी रहेन पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

आउँदो एक वर्षभित्रमा उक्त काम सम्पन्न गरेर सशस्त्रलाई अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा दिइने उल्लेख गरिएको छ । यसले विमानस्थलको आकस्मिक सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्ने दाबी गरिएको छ । अहिलेसम्म नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षा गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार