मुलुकभर थप ६४६२ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार