काठमाडौं । नेपाल प्रहरीमा अब तल्लो तहमा तीन दर्जा थपिएको छ । नेपाल प्रहरीले अघि बढाएको प्रहरी (नवौं संशोधन) नियमावली २०७८ मन्त्रिपरिषद् बैठकबाट पारित भएर राजपत्रमा प्रकाशित भएपछि प्रहरीको तल्लो तहमा तीन दर्जा थप्ने प्रक्रियाले कानुनी रुपमा पुर्णता पाएको छ ।
सोमबार राजपत्रमा प्रकाशित भएको नियमावली अनुसार अब नेपाल प्रहरीमा वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), वरिष्ठ हवल्दार र सहायक हवल्दारको पद थपिएको हो । राजपत्रमा प्रकाशित भएको नियमावली मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ ।
थपिएको दर्जा र दर्ज्यानी चिन्ह
प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार





