ललितपुर । नेपाल फुलकन्ट्याक महासंघले कराते खेलाडीहरुको विमा गर्ने कार्यक्रम ल्याउने भएको छ। ललितपुरको चापागाउँमा प्रथम नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा चौथो मेयर कप क्योकुशिन कराते प्रतियोगिताको समापन समारोहमा मन्तव्य राख्दै अध्यक्ष दमन बस्तेतले खेलाडीहरुको उपचार तथा सुरक्षाका लागि यस्तो कार्यक्रम ल्याउन लागिएको बताएका हुन।
अध्यक्ष बस्नेतले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने क्रममा घाइते तथा अंगभंग हुने समस्या रहन्छ, तसर्थ उनीहरुको सुरक्षमा लागि हामी एउटा निश्चित मापदण्ड तय गरेर विमाको कार्यक्रमहरु लागु गर्छौ ।’’ बस्नेतले खेलकुदको प्रतियोगिता सञ्चालन गर्ने संघसंस्थाहरुलाई नेपाल फुलकन्ट्याक महासंघसंग समन्वय गरेर रेफ्री तालिमहरु सञ्चालन गर्न पनि आग्रह गरे । अध्यक्ष बस्नेतले नेपाल फुलकन्ट्याक महासंघसंग समन्वय नगरी गरिएको रेफ्री तालिमहरुलाई मान्यता दिन नसकिने प्रस्ट्याए ।







