सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि बनेकी छन् । आज आइतबार गोलाप्रथामार्फत सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल महाधिवेशन प्रतिनिधि छनोट भएकी हुन् । महिला (खस/आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३/४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँल विजयी भएकी हुन्।
नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित भएकी हुन् । फुयाँल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधि भएकी छन् । उनी नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्यसमेत हुन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार





