कतारमा कामदारलाई तलब नदिने ३१४ कम्पनी कारबाहीमा !



दोहा । कतार सरकारले तलब नदिने ३१४ कम्पनीलाई कारबाही गरेको छ । अक्टोबर र नोभेम्बर महिनामा कतारस्थित श्रम मन्त्रालयले गरेको निरिक्षणको क्रममा ती कम्पनीले कामदारलाई तलब ढिला दिने र केहीले नदिने गरेका कारण कारबाही मा परेका हुन् । श्रम मन्त्रालय

कतारको श्रम मन्त्रालयले गरेको निरिक्षणको क्रममा श्रम कानुन उलंघन गर्ने ती कम्पनीहरुलाई आवश्यक कारबाहीका लागि सिफारिस गरिएको छ । कुनकुन कम्पनी कारबाहीमा परे र तिनलाई के कारबाही हुन्छ भन्ने बारे अहिलेसम्म मन्त्रालयले कुनै जानकारी गराएको छैन । कतारको श्रम मन्त्रालयले श्रमिकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै श्रम नियम उलंघन गर्ने कम्पनीका विरुद्ध कानुनी उपचार हुने बताएको छ ।

प्रवासी कामदारहरु पटकपटक मालिकबाट ठगिएका गुनासाहरु बढेपछि श्रम मन्त्रालयले अनुगमनलाई तिव्रता दिएको हो । कतार सरकारले पछिल्लो समय प्रवासी श्रमिकको हितमा विभिन्न कानुनहरु तयार गरेको छ । वैदेशिक रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको कतारमा नेपाली सहित विभिन्न मुलुकका आप्रवासी कामदारहरु रहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार