फ्रान्स विश्वकपमा छनोट, कजाकस्तान ८-० ले पराजित



एजेन्सी । विश्वकप छनोट खेलमा फ्रान्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले कजाकस्तानलाई ८-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सलाई सानदार जित दिलाउनको लागि केलियर एम्बाप्पेले चार गोल गरे । करिम बेन्जेमाको दुई गोल गरे भने एड्रिएन राविओट र एन्टोइन ग्रिजमनले समान एक-एक गोल गरे ।

एमबाप्पेले पहिलो हाफको ३२ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलेको छैटौं, १२औं, ३२औं र ८७औंमा गोल गरेको थिए । बेन्जेमाले ५५औं र ५९औं मिनेटमा गोल गर्दा राविओटले ७५औं र ग्रिजमनले ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो सानदार जितसँगै चरणमा एक खेल बाँकी हुँदै फ्रान्सले विश्वकपमा स्थान पक्का बनाएको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेको छ । आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ । अपराजित रहेको फ्रान्स ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत छ भने पराजित काजकस्तान ३ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार