
दोहा । कतार सरकारले नोभेम्बर महिना देखि लागू हुने गरी तेलको मूल्य बढाएको छ । भोलि (नोभेम्बर १ तारिख) देखि लागू हुनेगरि सुपर पेट्रोल र डिजेलको भाउ प्रति लिटर ५ र १० दिरहामले वृद्धि हुन लागेको कतार इनर्जीले जनाएको छ ।
नयाँ मूल्य सार्वजनिक भएसँगै अब सुपर पेट्रोल २.१०, प्रीमियम पेट्रोल २.०० र डिजल २.०५ रियाल प्रतिलिटर पर्नेछ। कतार सरकारले यही महिनादेखि पेट्रोलियमको नाम कतार इनर्जी नामाकरण गरेको थियो ।
सन् २०१६ को मे महिनादेखि विश्व बजारको मूल्य अनुसार समायोजन गर्ने गरी कतारमा तेलको भाउ घटबढ गर्ने सरकारले निर्णय गरेको थियो । त्यसका लागी समिती गठन गरी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार