प्रचण्डको नीति भनेको देश बर्बाद गर्ने हो: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको नीति देश बर्बाद गर्ने भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको दर्शन भनेको धक्का, क्रमभंग, छलाम, महाअभियोग रहेको बताएका हुन् । उनले भने, ‘यस भित्र के रचनात्मक कुरा छ र रु एमालेमा आउँदा सपारियला कि भनेको सकिएन ।’

ओलीले १० बुँदे कार्यान्वयन रचनात्मक ढंगले गरिने बताए । ओलीले पार्टी एकताका लागि १० बुँदेको कार्यान्वयन गर्ने स्पष्ट पारे। ‘मुख्य कुरा पार्टी एकता हो। १० बुँदेको कार्यान्वयन रचनात्मक ढंगले कार्यान्वयन गर्छौ । १० बुँदे माधव नेपाललाई जान नदिन बनेको थियो। तर, माधव नेपालले मानेनन् ।

माधव नेपाललाई ल्याउन स्वागत गेट बनाइयो । घर बनाइयो । आराम गर्नका लागि सोफाहरु बनाइयो। तपाइहरुले सुन्नुभयो होलानी १० बुँदे । यी सबै कुरा माधव नेपालका लागि बनेका थिए । फर्किने ठाउँ चाहियो भनेर १० बुँदे बनाइयो। तर, उनले मानेनन् ।’

ओलीले भने, ‘हामी १० बुँदेको कार्यान्वयन गर्छौं। र, अगाडि बढ्छौं। मुख्य उद्देश्य एकता हो। एकताको आवश्कयता अनुसार जेठ २ मा पनि फर्किन तयार छौं । ’ उनले समझदारीमै एकता गरिने बताए । ओलीले माधव नेपाल एमाले बिगार्न माधव नेपाल कुदेका बताए।‘ बिचरा माधव नेपाल कुदेंको देख्दा माया लाग्छ ।

कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ ।’ उनले भने, ‘माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन् । एमालेलाई कसैले मास्न सकेन । ’ राणा शासनले समेत एमाले विगार्न नसकेको बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार