वैदेशिक रोजगार विभागका डिजीमाथि कार्यकक्षमै हातपात



काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक (डिजी) दिपक काफ्लेमाथि बुद्धनगरस्थित कार्यालयभित्रै हातपात भएको छ । आइतबार बिहान कार्य कक्षमै डिजी काफ्लेमाथि दूव्र्यवहार भएको विभागका सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए । उनका अनुसार डिजीमाथि कार्यकक्षमै हातपात गर्ने व्यक्ति पार्टीका कार्यकर्ता रहेका छन् । यस विषयमा डिजी काफ्लेलाई सम्पर्क गर्दा फोन उठेन ।

विभागका सूचना अधिकारी ज्ञवालीका अनुसार कार्यालयमा आएका समूहको कार्यशैली हिंस्रक थियो । डिजी काफ्लेमाथि हातपात प्रयास गर्नेहरुलाई हाल बानेश्वर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हातपात गर्ने व्यक्ति मादक पदार्थ सेवन गरेर पनि बताइएको छ ।

केही दिनअघि खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सीके राउत नेतृत्वको पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार