एमाले प्रवेश गर्ने तयारीमा सर्वेन्द्र खनाल



काठमाडौं । पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारी गरेका छन् । खनाललाई एमाले प्रवेश गराउन विभिन्न चरणमा छलफल समेत भइसकेको छ । एमालेको १० औं महाधिवेशन नजिकिदै गर्दा खनाल एमाले प्रवेश गर्न लागेका हुन् ।

खनाललाई एमाले प्रवेश गराउनेबारे छलफल भइरहेको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले बताए। ‘विभिन्न चरणमा छलफल भइरहेको छ । अहिलेनै टुंगीएको छैन’ उनले भने,‘छलफल सकारात्मक ढंगले अघि बढेको छ ।’

तनहूँका खनालले आफू अबको निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने तयरीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन् । खनालले एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिका छलफल समेत चलाएका छन् । दुई क्षेत्र रहेको तनहूँमा खनालको स्थायी घर क्षेत्र नं १ मा पर्छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार