काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समिति सहसंयोजकमा सुरेन्द्र पाण्डे तोकिएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमाले स्थायी कमिटी बैठकले बिहीबार रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको थियो । शुक्रबारको स्थायी कमिटी बैठकले समितिको सहसंयोजक, सचिव र सदस्यहरु पनि तोकेको छ । सचिवमा विष्णु रिमाल रहने निर्णय भएको पार्टी सचिव प्रदीप ज्ञवालीले बताए ।
सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, सीता पौडेल, विनोद श्रेष्ठ, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहनेछन् । एक सदस्य भने पछि मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिको योग्यताबारे पनि निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीका अनुसार २०७७ साल चैत मसान्तसम्म सदस्य बनेको र नवीकरण गरेकाहरु प्रतिनिधि बन्न सक्नेछन् । एमालेले २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू महाधिवेशन प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेका तथा नवीकरण गराएकाहरु प्रतिनिधि बन्न पाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै चितवनमा हुने महाधिवेशनको निर्वाचन प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय पनि भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय भएको ज्ञवालीले बताए । यस्तै प्रतिनिधिको मापदण्डका साथै आवश्यक थप निर्णय गर्न कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
यस्तै महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी संगठनका प्रतिनिधि र देशभित्रका राजनीतिक पार्टीलाई निमन्त्रणा गर्ने निर्णय पनि भएको छ । बैठकले १० बुँदे कार्यान्वयन अर्को स्थायी कमिटी बैठकअघि गरिसक्न प्रयास गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग समेत निर्णय भएको छ । त्यसको प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
महाधिवेशनबारे थप निर्णय गर्न एमालेले ११ कात्तिकमा स्थायी कमिटी बैठक र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले विवादस् भीम रावलले दिए पदबाट राजीनामा, दिए यस्तो चेतावनी( विवाद समाधन गर्न गठन गरिएको एमाले एकता कार्यदल संयोजकबाट एमाले उपाध्यक्ष समेत रहेका भीम रावलले राजीनामा दिने घोषणा गरेका छन् ।
एमालेमा १० बुँदे सहमति पालना नभएको भन्दै लामो समयदेखि असन्तोष पोखिरहेका उनले शुक्रवार भएको स्थायी कमिटि बैठकका निर्णयप्रति फरक मत राख्दै सो कार्यदलबाट राजीनामा दिएका हुन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् ।
‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो’, उनले बैठकपछि भने, ‘त्यो कार्यान्वयन गर्दाखेरी कुन व्यक्तिको जिम्मेवारी के हुन्छ, कहाँ पर्छ भन्ने कुरा त्यसपछि मात्रै आउने कुरा हो ।’ तर प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णयमा आफ्नो विमति रहेको उनले बताए ।
दुई नेतालाई पार्टी केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
१० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन्। यसबारे आफूले बैठकमा लिखित फक मत पनि राखेको बताए। रावलले आगामी योजनाबारे छलफल गरिने बताए । उनले यसैगरी एकतन्त्र लागू गरेर हिड्ने, सहमति पालना नगर्ने हो भने एमालेमा ठूलो क्षति हुने समेत चेतावनी दिएका छन् ।
‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए । स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् । प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताए ।





