माधव नेपालको विधि र पद्धति नांगियो,भाइदेखी भान्जासम्म केन्द्रीय सदस्य,अरु जिल्ल



काठमाडौं । नेकपा एमालेमा रहँदा विधी, विधी भनेर सबैभन्दा धेरै कराउँने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको विधी पनि नांगिएको छ । आफ्नै हात जगन्नाथ स्टाइलमा एस पार्टीका अध्यक्ष माधव नेपालले आफ्ना आफन्त र वरिपरी घुम्नेहरुलाई धमाधम महत्पुर्ण जिम्मेवारी दिए पछि हिजो विधीको लागी एमाले फुटाएर माधव नेपाल तिर लागेको भन्नेहरु अन्तिममा हिस्स भएका छन् ।

माधव नेपालले आफ्ना भाइदेखी भान्जा सम्मलाई केन्द्रिय सदस्य बनाएका छन् । आफ्ना पीए देखी वरिपरी घुम्नेहरुलाई पार्टीमा महत्वपुर्ण भुमिका नेपालले दिएका छन् । विधी पद्धतीलाई टोपी लागाउँदै माधव नेपालले मनमौजी गरे पछि नेकपा एसमा भाँडभैलो मच्चीएको छ । नेकपा एसले केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै असन्तुष्टी बढेको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढ्न थालेको हो ।

हिजो तत्कालीन नेकपा र एमालेमा केपी ओलीले विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै नेकपा एसमा व्यक्तिवादी प्रवृति देखाएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । नेकपा एसका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन् । तर, अनेरास्ववियूका अध्यक्षलाई भने केन्द्रीय सदस्य नबनाई उनीभन्दा जुनियर र नेताका पिएहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै विरोध भएको छ ।

पराजुलीले भने आफू केन्द्रीय कमिटीमा नपरेकोमा कुनै गुनासो नरहेको तर केही नेताले माधव नेपाललाई समेत गुमराहमा राखेर केन्द्रीय सदस्यहरूको छनौट गरेको बताएका छन् । केन्द्रीय कमिटी सदस्यको चयनप्रति पार्टीका पदाधिकारीहरुले समेत असन्तुष्टी व्यक्त गरेका छन् । ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि,पद्दति र मापदण्ड नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले बताएका छन् । नेकपा एसले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ । यस क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार