महेश बस्नेतलाइ लक्षित गर्दै प्रचण्डले भने संशोधनवादी पार्टीका डनलाई भक्तपुरबाट लखेटिन्छ



भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरमा संशोधनवादी पार्टीका डन भनाउँदा एकजना भएको बताउँदै त्यसलाई ०६४/०६५ सालतिर हाम्रा पर्टीका कार्यकर्ताले विभिन्न ठाउँमा लखेटेको सम्झदै अव त्यसलाई भक्तपुरबाट लखेट्ने बताउँनु भयो । उहाँले जाली फटाहाहरुलाई जिल्ला हुँदै देशबाट लखेट्नु पर्ने अभियान भक्तपुरले सुरु गर्नु पर्नेमा पनि जोड दिनु भयो ।

भक्तपुरमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो प्राथमिकता आगामी निर्वाचनमा गठबन्धनसंगै मिलेर जाने बताउँदै त्यसो नभएको खण्डमा पनि पार्टी पहिलो स्थानमा आउने र माओवादी केन्द्र एक मात्र राष्ट्रिय शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ ।

संविधान र लोकतान्त्रिक गणतन्त्रमा उभिएका दलहरुबीच एकताको अपरिहार्य रहेको भन्दै आगामी निर्वाचनसम्म यहि गठबन्धनसंगै भएर निर्वाचनमा जाने आपसी समझदारी रहेको उहाँले खुलासा गर्नुभयो । केपी ओलीप्रवृत्ति २०४७ सालको संविधानमै फर्कने चाहेको बताउँदै प्रचण्डले आफूहरुले कम्युनिष्ट एकता चाहँदा चाहँदै पनि आन्तरिक र बाह्य शक्तिको चलखेलका कारण पार्टी विभाजन भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार