काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा ९एस० गठन भएको थियो ।
पहिलो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ । साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुनेछ । केही नेताको जिम्मेवारी हेरेफेर गर्ने पनि कार्यसूची छ । बैठक बुधबारसम्म चल्ने छ ।
प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार






