५०३ जनाले निकाले असईमा नाम , ककसकाे नाम निस्कियाे त हेर्नुस् नामावली !



काठमाडाै‍ । नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको शुक्रबार अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सुचित गरिएको छ । उक्त नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटबाट प्राप्त गर्न सकिने छ ।

हेर्नुहोस् नतिजा नामसहित

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार