
काठमाडाैँ, २९ फागुन । चीनले कोरोना भाइरस ‘कोभिड–१९’ को प्रभाव चीनमा समाप्त भएको घोषणा गरेको छ । सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जनाएकोे हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।
कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ । दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको छ । तर पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ । चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन् । त्यहाँ ३ हजार १६९ को मृत्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन् ।
प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार