कोरोनाको त्रास : आज देखि १४ दिनसम्म सार्वजनिक विदा दिने घोषणा



एजेन्सी । बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकहरु पनि कोरोना भाईरसले त्रसित छन् । सोही क्रममा गल्फ अरेबियाली देश कुवेतमा कामदार सहित सबै नागरिकलाई लागू हुने गरी १४ दिन अर्थात दुई हप्ताको सार्वजनिक विदा दिने घोषणा गरेको छ । कुवेतले गल्फ अरेबियाली राज्यहरुबाट उडान भर्ने सबै सार्वजनिक उडानहरुलाई रद्द गरेको छ । शुक्रबारदेखि लागू हुने गरी १४ दिनको सार्वजनिक छु्ट्टी त्यहाँको सरकारले घोषणा गरेको हो ।

समाचार एजेन्सी कुनाका अनुसार, कुवेतबाट उडान भर्ने कमर्सियल जहाजहरुको उडान रोक लगाएको छ भने कार्गो उडानहरु मात्र अर्को सूचना जारी नभएसम्म रोकिएको जनाइएको छ । कुवेतका सरकारी अधिकारीहरुले मार्च १२ अर्थात आज (विहिबार) देखि मार्च २६ सम्म सार्वजनिक छु्ट्टीको घोषणा गरेको हो । विभिन्न देशबाट वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नागरिकहरुलाई समेत गरी सार्वजनिक विदा दिएको हो । मार्च २७ तारिखदेखि पुनः विधिवत रुपमा कार्य सँचालन हुने जनाइएको छ ।

तबसम्मको लागि कुवेतमा अत्यधिक आवश्यक अर्थात महत्वपूर्ण सेवा प्रदायक सँस्थाहरु बाहेक सबै बन्द रहने जनाइएको छ । कोरोना भाईरसको माहामारीलाई मध्यनजर गर्दै त्यहाँको सरकारले यो कदम उठाएको हो ।त्यहाँका अधिकारीहरुले कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै मानिसहरूलाई भोजनालय र क्याफेमा जान प्रतिबन्ध लगाइएको थियो जसमा भित्रका मलहरू पनि थिए।

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार