लिच्छविकालपछि केपी ओलीको समय नेपालको स्वर्ण युग : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले विकासको हिसावले लिच्छविकालपछि केपी शर्मा ओलीको प्रधानमन्त्रीको काल स्वर्ण युग रहेको दावी गर्नुभएको छ ।
बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ओलीले भक्तपुरको विकासका लागि ४ वर्षमा २० अर्बको बजेट पठाएको भन्दै द्रुत गतिमा काम बताउनुभयो । भूकम्पपछि पुनर्निर्माण सकिएको, सम्पदा क्षेत्रमा सडकमा ढुङ्गा छाप्ने काम भएको लगायतका विकासका फेहरिस्त प्रस्तुत गर्नुभयो ।

उहाँले सभामुख अग्नि सापकोटालाई केपी ओलीले बनाएको सभामुख भन्दै सांसदलाई कारवाही गरेको सूचना छिटो निकाल्न आग्रह गर्नुभयो । जनता समाजवादीले सरिता गिरीलाई कारवाहीका लागि सूचना निकाल्दा १२ घण्टाभित्र सूचना निकालेको, माओवादीका टोपबहादुर लगायतका सांसदहरुलाई कारवाही गर्दा २४ घण्टामा सूचना निकालेको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार