
काठमाडौं | केही समय पहिले ज्ञानेन्द्र शाहीसँग मिलेर नयाँ अभियान घाेषणाकाे तयारी गरेका पूर्व डीआईजी रमेश खरेलले अन्ततः ज्ञानेन्द्र शाहीलाई छाडेर नयाँ अभियान थाल्ने भएका छन । बुधबार सामाजिक सञ्जालमा एक स्टाटस राख्दै खरेलले हाम्रो नेपाल सुशासन अभियानको सुरुवात गर्न लागेको जानकारी गराएका हुन । बिहिवार दिउँसो त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच आधिकारिक रुपमा घाेषणा गर्न लागेको जानकारी समेत खरेलले सामाजिक सञ्जालबाट जानकारी गराएका छन।
यसअघि ज्ञानेन्द्र शाहीसँग मिलेर हाम्रो नेपाल हामी नेपाली अभियान सञ्चालन गर्न लागेका खरेल अन्तिम समयमा आएर पछि हटेका थिए ।
यस्तो छ खरेलकाे स्टाटस
प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार