काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद महेश बस्नेतले जनताले परमादेशबाट बनेको सरकार नरुचाएको बताउँदै देउवा सरकारको पसल पसलमा आलोचना सुरु भएको बताए । अदालतको परमादेशबाट बनेको सरकारले अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै सांसद बस्नेतले मन्त्री बन्न खोजेकाहरू बेरोजगार बनेर आत्महत्या गर्छु भन्दै हिँड्न लागेको बताए । सांसद बस्नेतले वर्तमान सरकारले अघिल्लो सरकारले व्यवस्थापन गरेको खोप समेत लगाउन नसकेको दाबी गरे ।
उनले दार्चुला जिल्लामा तुहिन काटिएर बेपत्ता भएका जय सिंह धामीले अझै न्याय पाउन नसकेको र सरकारले न्यायका लागि बोल्न समेत नसेकेको बताए । जनताले वर्तमान सरकारको ढिलासुस्ती, अर्कमन्यता, र अपरार्दशीतालाई हरिरहेको भन्दै सांसद बस्नेतले अब मन्त्री बनाउन पनि परमादेश नै चाहिएको हो ? भनी प्रश्न गरे ।
उनले माओवादीका सांसदले मन्त्री नपाए आत्महत्या गर्छु भनेको र काग्रेंसका जनप्रतिनिधि नगरपालिका फोरेको समाचारहरू आइरहेकाले वर्तमान सरकारको निरिहता पुष्टि गरेको बताए । उनले जनताले खोप नपाइरहँदा होटेल होटेलमा खोप भेटिनु जस्ता कुराले सरकार कता हिँडिरहेको स्पष्ट हुने तर्क गरे ।
सरकार बनेको तीन सातामै खोप काण्ड, व्यापारीलाई मन्त्री बनाएको काण्ड, जयसिंह धामीको हत्या, सरकार विस्तारमा ढिलाई लगायतका दर्जनौ कारण जनताले परमादेशको सरकारले केही गर्न नसक्ने भन्दै जनादेशका प्रधानमन्त्रीलाई सम्झिएको दाबी गरे । उनले जनताहरू अहिले केपी ओली आइलभ यु भनिरेको तर्क गर्दै सदनमै केपी ओली आइलभ यु भने ।





